Notification

×

Iklan

Iklan

बेनीमा निःशूल्क आँखा उपचार शुरु

Sunday, March 28, 2021 | March 28, 2021 WIB Last Updated 2021-12-30T03:23:24Z

बेनी

चैत १५




आँखामा मोतियाविन्दुको समस्या भएका विरामीलाई लक्षित गरी म्याग्दी सदरमुकाम बेनीमा निःशूल्क उपचार शिविर शुरु भएको छ । जिल्लामा क्रियाशील लायन्स क्लबहरुको संयुक्त पहलमा आइतबारदेखि शिविर शुरु भएको हो ।




लायन्सका जोन चेयर पर्सन लोकेश पुनमगरका अनुसार म्याग्दीको बेनी नगरपालिकासहित अन्नपूर्ण, धवलागिरी, मङ्गला, मालिका रघुगङ्गा र पर्वतको जलजला गाउँपालिकामा सञ्चालित शिविरबाट पहिचान भएका मोतियाविन्दुका विरामीहरुको उपचारका लागि बेनीमा निशूल्क शल्यक्रिया शिविर आयोजना गरिएको हो ।




भोलिसम्म सञ्चालन हुने शिविरमा स्थानीय तहको शिविरमा पहिचान भएका मोतियाविन्दु भएका ११० जना विरामीको निशूल्क शल्यक्रिया गरिनेछ । 


शिविरमा हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योति संघ म्याग्दी, नेपाल रेडक्रस सोसाइटी म्याग्दी र बेनी अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ ।




आइतबार प्रमुख जिल्ला अधिकारी गशेबहादुर अधिकारीले उद्घाटन गरेसँगै शिविर शुरु भएको थियो ।

 

×
Berita Terbaru Update