Notification

×

Iklan

Iklan

पुस्तक व्यवसायी महासंघ म्याग्दीमा नवराज पौडेल

Sunday, March 14, 2021 | March 14, 2021 WIB Last Updated 2021-12-30T03:23:30Z

 बेनी

चैत १


फाइल तस्वीर


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नवराज पौडेल छनोट भएका छन् । शनिबार सदरमुकाम बेनीमा सम्पन्न १३औ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।



अधिवेशनले समितिको उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ, सचिवमा नारायण शर्मा, कोषाध्यक्षमा ध्रुवराज सुवेदी र सहसचिवमा रामु रिजाल निर्वाचित गरेको छ भने सदस्यहरुमा लक्ष्मी सुवेदी, शान्ति आचार्य पौडेल, जमुना सुवेदी पौडेल, गौरी थापामगर, दीप्ति श्रेष्ठ र मुक्ति सुवेदी सर्वसम्मतरुपमा छनोट भएको महासंघले जानकारी दिएको छ ।




म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको उपस्थिति रहेको कार्यक्रममा पुस्तक व्यवसायी महासंघ, म्याग्दीका सचिव नारायण शर्माले प्रगति तथा कोषाध्यक्ष नवराज सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 


पुस्तक व्यवसायी महासंघ, म्याग्दीका अध्यक्ष मुकुन्दप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष नवराज पौडेलको स्वागत र सचिव शर्माको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो ।


×
Berita Terbaru Update