Notification

×

Iklan

Iklan

सरकार र विप्लव नेकपाबीच दुई चरणको वार्ता सम्पन्न

Wednesday, March 3, 2021 | March 03, 2021 WIB Last Updated 2021-12-30T03:23:43Z

 बेनी

फागुन १९





हिजोमात्रै वार्ता टोली गठन गरेका सरकार र विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीबीच आज दुई चरणको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको दुई चरणको वार्ता विषय केन्द्रित भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराई जानकारी गराएका छन् । 


‘वार्ता विषय केन्द्रित भएको, दुबै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ’, भट्टराईले लेखेका छन् ।




सत्तारुढ नेकपा विभाजिनको मोडमा पुगेको र आन्तरिक किचलो उत्कर्षमा पुग्दै सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताको ढोका खोलेको हो ।


विप्लव समूह वार्तामा बस्नु सकारात्मक भएको भन्दै नेपाली काँग्रेसलगायतका दलहरुले वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।



×
Berita Terbaru Update