Notification

×

Iklan

Iklan

आयोगलाई पूर्वहाकिमहरुको सुझावः अनिर्णयको बन्दी नबन

Wednesday, March 3, 2021 | March 03, 2021 WIB Last Updated 2021-12-30T03:23:43Z

 बेनी

फागुन १९





निर्वाचन अयोगका भूतपूर्व प्रमुखहरुले अनिर्णयको बन्दी नबन्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै पाँच जना भूतपूर्व प्रमुख निर्वाचन आयुक्तले नेकपाको विवादमा यथाशीघ्र निर्णय दिन आग्रह गरेका हुन् । 


आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रिया तथा आयोगको साखमा असर गर्न सक्ने चिन्ता पनि विज्ञप्तिमा जनाइएको छ ।





‘प्रचलित कानून तथा स्थापित नजीरहरुका आधारमा यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।


विज्ञप्ति जारी गर्नेमा भूतपूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङ छन् ।



×
Berita Terbaru Update