बेनी
फागुन २४
सर्वोच्च अदालतको हिजोको फैसलासँगै सङ्कटमा परेको साविक नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले अन्ततः पुरानै पार्टीमा फर्किने निर्णय गरेको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आयोजित उक्त पक्षको बैठकले एमाले र माओवादी अलग–अलग हुने निर्णय गरेको हो ।
आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।
यो निर्णयसहित आजको प्रचण्ड माधव पक्षको बैठक बिदाइ बैठकमा परिणत भएको छ ।
सर्वोच्च अदालतको हिजोको फैसलाले ऋषिराम कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीलाई मान्यता दिँदै ओली र प्रचण्डले नेतृत्व गर्दै नेकपाको आधिकारिकता खारेज गरिदिएको थियो ।