Notification

×

Iklan

Iklan

वैशाख १ गतेदेखि बेनीमा साँस्कृतिक उत्सव हुने

Friday, March 19, 2021 | March 19, 2021 WIB Last Updated 2021-12-30T03:23:27Z

बेनी

चैत ६




नयाँ वर्षको अवसर पारेर म्याग्दी सदरमुकाम बेनीमा प्रथम लोकसाँस्कृति उत्सव आयोजना गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले शुक्रबार बेनीमा पत्रकार भेटघाटमार्फत् उक्त जानकारी गराएको हो ।


“हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन” भन्ने नारासहित शुरु हुने उत्सव तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।



प्रतिष्ठानका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर घिमिरेले प्रतिष्ठानको आयोजनामा वैशाख १ देखि ३ गतेसम्म सदरमुकाम बेनीको खुल्ला मञ्चमा उत्सव आयोजना गरिएको जानकारी दिए । कोरोनाको कारण ठप्प बनेको साँस्कृतिक क्रियाकलापलाई गति दिन र नवप्रतिभाहरुको पहिचान गर्ने उद्देश्यले उत्सवको आयोजना गरेको घिमिरेको भनाइ थियो ।


लोकदोहोरी प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई समूहलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिने आयोजकले जनाएको छ । 





त्यसै गरी खुल्ला एकल लोकदोहोरी प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई पनि क्रमशः १० हजार, सात हजार र चार हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।


१० लाख रुपैयाँभन्दा धेरै खर्च हुने अनुमान गरिएको उत्सवबाट बचेको रकमलाई कलाकार कल्याणकारी कोषमा रुपान्तरण गर्ने योजना रहेको पनि आयोजकले बताएको छ ।


प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षता र सचिव विश्वकर्माको सञ्चालन रहेको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवन विश्वकर्मा र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पनि बोलेका थिए।



×
Berita Terbaru Update