Notification

×

Iklan

Iklan

वरिष्ठ पत्रकार सुशील शर्माको निधन

Friday, March 12, 2021 | March 12, 2021 WIB Last Updated 2021-12-30T03:23:32Z


बेनी 

फागुन २८




“यो बिबिसी नेपाली सेवा हो । अब तपाईं सुशील शर्माबाट समाचार सुन्नुहोस् ।”


केही वर्ष पहिलेसम्म निकै मनमोहक लवजमा माथिका वाक्य बोल्ने वरिष्ठ पत्रकार सुशील शर्माको आज निधन भएको छ । लामो समयदेखि बिबिसी नेपाली सेवामा कार्यरत शर्माको ६३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । केही समययता अस्वस्थ रहेका पत्रकार शर्माको पछिल्लो समय मिर्गौलामा पनि समस्या देखिएको पारिवारिक स्रोतले बताएको छ ।


करिव १५ वर्ष बिबिसी नेपाली सेवामा काम गरेका शर्माले सनञ २०११ मा बिबिसी नेपाली सेवाको प्रमुख संवाददाताको पदबाट राजिनामा दिएका थिए ।


त्यसअघि उनले द राइजिङ नेपाल र काठमाण्डू पोस्टमा काम गरेका थिए । शर्मासँग लामो समय काम गरेका पत्रकार राजेन्द्र दाहालका अनुसार समकालीन नेपाली पत्रकारहरूमा वस्तुनिष्ठ पत्रकारिता गर्ने थोरैमध्ये शर्मा पनि एक हुन् ।



 

×
Berita Terbaru Update