Notification

×

Iklan

Iklan

आज महाशिवरात्री पर्वः शिवआराधना गरी मनाइँदै

Wednesday, March 10, 2021 | March 10, 2021 WIB Last Updated 2021-12-30T03:23:34Z

बेनी 

फागुन २७





आज यस वर्षको महाशिवरात्री पर्व । शिवालय लगायतका देवस्थलमा पुगेर शिव आराधना गरी मनाइँदैछ । चान्द्रमासअनुसार फाल्गुण, कृष्ण पक्षको त्रयोदशीका दिनमा यो पर्व मनाउने प्रचलन छ । 


शिवरात्री पर्वका अवसरमा म्याग्दीको गलेश्वरधाम, पर्वतको गुप्तेश्वर महादेव, काठमाडौंको पशुपतिनाथ लगायतका शिवधामहरुमा व्रतालु र दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । 




शिवरात्रीको पूर्वसन्ध्यामा अघिल्ला वर्षहरुमा हुने गरेको जस्तो चहलपहल यस वर्ष नदेखिएको गलेश्वर क्षेत्र विकास कोषले जानकारी दिएको छ । कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले महाशिवरात्रीको अघिल्लो रात भक्तालुहरुको घुइँचो लाग्ने गरेको, रातभर जाग्राम बसी भजन गाइने गरेकोमा यस वर्ष पातलो उपस्थिति भएको जानकारी दिएका छन् ।


कोरोना भाइरसको महामारीका कारण गलेश्वरधाममा मात्रै नभई देशैभरका शिवधामहरुमा व्रतालुहरुको उपस्थिति कम देखिएको छ ।


आदियोगीका रुपमा भगवान् शिव आविर्भाव भएको दिनका रुपमा महाविरात्री पर्वको विशेष महिमा रहेको उपाध्यक्ष पराजुलीले बताए ।




नेपालबाट मात्र नभई यस दिनमा भारत लगायत तेस्रो मुलुकबाट समेत साधुसन्त, नागालगायतका दर्शनार्थीहरु पशुपतिनाथको दर्शन गर्न आउने गर्दछन् ।


विशेषगरी सनातनी हिन्दू धर्मावलम्बीहरुले मनाउँदै आएको महाशिवरात्री पर्व पछिल्लो समय गैरहिन्दुहरुका लागि समेत आध्यात्मिक साधना गर्ने दिनका रुपमा विकास हुन थालेको छ ।



×
Berita Terbaru Update