Notification

×

Iklan

Iklan

राखुका नहकुल सुवेदी सर्वोच्चको न्यायाधीशमा सिफारिस

Friday, March 12, 2021 | March 12, 2021 WIB Last Updated 2021-12-30T03:23:32Z

बेनी 

फागुन २८

 

म्याग्दीको राखु भगवतीका नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । अाज बसेकाे न्यायपरिषद बैठकले सुवेदी र कुमार चुँडालकाे नाम सिफारिस गरेको हाे ।






सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश छन् भने चुँडाल वागमतीका मुख्य न्यायाधीश हुन् । सर्वोच्च अदालतमा दुई न्यायाधीश रिक्त रहेकोमा दुई जनालाई नियुक्त गरिएको हाे ।


 यसपटक सर्वोच्च अदालतमा नियुक्त हुने दुबै न्यायाधीश न्याय सेवा अन्तर्गतबाटै आएका छन् ।


नहकुल सुवेदीकाे नाम सर्वाेच्च अदालतको सम्भावित प्रधानन्यायाधीशकाे रूपमा चर्चामा रहने गरेको छ ।


×
Berita Terbaru Update