Notification

×

Iklan

Iklan

पुसपछि एमालेका नेताहरु पहिलोपटक आमनेसामने

Monday, March 15, 2021 | March 15, 2021 WIB Last Updated 2021-12-30T03:23:29Z

 बेनी

चैत २





प्रतिनिधि सभा विघटन भएपछि दुई कित्तामा बाँडिएका नेकपा (एमाले) का शीर्ष नेताहरु पहिलोपटक एउटै बैठकमा सहभागी भएका छन् । साविक नेकपा ऋषि कट्टेलको पोल्टामा पुगेको र सर्वोच्चको फैसलाले एमाले पार्टी ब्युँतिएको अवस्थामा शीर्ष नेताहरुको एउटै बैठकमा जुटेका हुन् ।


प्रधानमन्त्री ओलीको नेतृत्वमा फागुन २८ गते बसेको बैठकले माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’सहितका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको, एमालेको नवौं महाधिवेशनबाट चुनिएका माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुको जिम्मेवारी खोसेको पृष्ठभूमिमा एमाले नेताहरु एउटै बैठकमा जुटेका हुन् ।


प्रधानमन्त्रीको निर्णयबाट रुष्ट बनेको माधव नेपाल समूहले यसबीचमा समानान्तर पार्टी कमिर्टीको अभ्यास शुरु गरेको छ भने आफू पक्षधरहरुको छुट्टै भेला डाकेको छ। 


सोमबारको छलफलमा  महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र  सुरेन्द्रप्रसाद पाण्डे सहभागी भएका थिए । 


एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले आजको छलफलले विगतदेखिको संवादहीनतालाई तोड्दै एमालेलाई पुनः एकताबद्ध बनाउने बताएका छन् । “शीर्ष नेताबीच वैचारिक, सैद्धान्तिक रुपमा कुनै विवाद छैन”, नेता भट्टराईले भने, “उहाँहरुबीच कार्यशैली, व्यवहारमा मात्र भिन्नता हो । आजको छलफलले पार्टीलाई एक ढिक्का बनाउने अपेक्षा गरेका छौं ।”


अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दैछ । 




×
Berita Terbaru Update