बेनी
चैत २
भारतीय चलचित्र क्षेत्रका हस्ती आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा गरेका छन् । जन्मदिन मनाएको एक दिनपछि सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै आइन्दा सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका हुन् ।
प्रशंसकलाई जन्मदिनको धन्यवाद दिन पोस्ट गरिएको ट्वीटलाई उनले अन्तिम भनेका छन् । काममा सकृय हुनको लागि आफूले मोबाइललाई छाडेको समेत उनले उल्लेख गरेका छन् ।
आमिर खानले सामाजिक सञ्जाल छाडेपछि आमिर खान प्रोडक्सनले नयाँ ट्वीटर ह्यान्डल लन्च गरेको छ ।
सामजिक सञ्जालको अतिप्रयोगका कारण मानिसको दैनिकी नै प्रभावित हुने गरेको, सामग्री छनोट गर्न नसक्दा प्रयोगकर्तामा अन्योल बढेको र यसले मानसिक तनावमा बढोत्तरी भएको विवरण आइरहेका सन्दर्भमा आमिर खानको घोषणाले तरङ्ग ल्याइदिएको छ । फिल्ममा नयाँ नयाँ प्रयोग गर्न रुचाउने आमिर खान बलिउड इन्डस्ट्रीका लागि निकै चल्तीका कलाकार हुन् ।
