Notification

×

Iklan

Iklan

चीनद्वारा नयाँ पञ्चवर्षीय योजना घोषणा

Tuesday, March 9, 2021 | March 09, 2021 WIB Last Updated 2021-12-30T03:23:35Z

 बेनी 

फागुन २६




संयुक्त राष्ट्र संघले लिएको लक्ष्यभन्दा ९ वर्षपहिले नै गरिवी उन्मूलन गरेको चीनले आगामी पाँच वर्षे योजना घोषणा गरेको छ । संसारकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले आर्थिक, प्राविधि र राष्ट्रिय सुरक्षा सुदृढ गर्नेलगायत उद्देश्य राखेर उक्त घोषण गरेको त्यहाँको पत्रिका ग्लोबल टाइम्सले जानकारी दिएको छ। अघिल्लो सातामात्रै चिनियाँ राष्ट्रपति सि जिन पिङले पछिल्लो ८ वर्षमा १० करोड चिनियाँ नागरिक गरिवीबाट मुक्त भएको घोषणा गरेका थिए । 


१० वर्षपछि चीनले पहिलोपटक पञ्चवर्षीय योजना (२०२१-२०२५) सार्वजनिक गरेको हो । तर, उक्त योजनामा कूल गार्हस्थ उत्पादनको यकिन गरिएको छैन । चीनले आगामी दिनमा कोभिड–१९ महामारीपछिको आर्थिक मन्दीबाट उम्कन यी योजना अघि सारिएको जनाइएको छ ।


यी योजनालाई अहिले समीक्षाका लागि प्रस्ताव गरिएको छ । १९२ च्याप्टर र ७४ हजार चिनियाँ शब्द समेटिएको उक्त पञ्चवर्षीय योजनाको प्रस्तावमा महत्वाकांक्षी विकास लक्ष्यसहितको विस्तृत योजना समावेश गरिएको बताइएको छ । 


निश्चित कूल गार्हस्थ उत्पादनको आँकडा सार्वजनिक नगरिएपनि त्यसलाई सन्तुलनमा राख्ने र बर्सेनि खास परिस्थितिअनुसार मिलाइने उल्लेख छ । अघिल्लो १३औं योजनामा ६.५ प्रतिशतको जीडीपी लक्ष्य राखिएको थियो ।


योजनामा उल्लेख भएका मुख्य विषय निम्नअनुसार छन्ः


१) मुख्य आर्थिक परिसूचकलाई उपयुक्त आकारमा राखिने

२) अनुसन्धान र विकास खर्चलाई ७ प्रतिशतभन्दा माथि राखिने

३) सहरी बेरोजगारीलाई ५.५ प्रतिशत दरमा राखिने

४) कूल जनसंख्याको ६५ प्रतिशतलाई सहरी आवासमा रुपान्तरण गरिने

५) चिनियाँ नागरिकको आयु १ वर्षले बढाउने

६) हरियाली विकासको प्रवद्र्धन गरिने

७) बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ)को उच्च गुणस्तरको विकासमा जोड दिने

८) चीनलाई शान्तिपूर्ण देशको नयाँ उचाइमा लैजाने



×
Berita Terbaru Update