Notification

×

Iklan

Iklan

बाग्लुङमा भेटियो १२ फीट लामो ‘किङ कोब्रा’

Saturday, April 10, 2021 | April 10, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

चैत २८




छिमेकी जिल्ला बागलुङमा १२ फीट लामो सर्प भेटिएको छ । बाग्लुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति ‘किङ कोब्रा’ सर्प भेटिएको हो । 


स्थानीय सुदीप गौतमका घरमा सर्प भेटिएपछि घरपरिवारले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । यसबारे जानकारी पाएपछि पोखराबाट आएको ‘सर्प संरक्षण समाज पोखरा’का अध्यक्ष महेन्द्र कतिला नेतृत्वको टोलीले सर्पलाई नियन्त्रणमा लिएर अन्यत्र लगेको छ ।


कतिलाका अनुसार किङ कोब्रा नेपालको दुई हजार २०० मिटरसम्मको उचाइमा पाइन्छ । शुक्रबार भेटिएको स्थान भने एक हजार पाँच सय मिटरको हाराहारीमा पर्छ । सुरक्षामा खटिएका प्रहरीले उक्त सर्प १२ फीट लामो र पाँच किलोग्रामको भएको बताएका छन् ।


सर्प नै खाने यो सर्प केही खाएर आराम गरेका बेलामा घरभित्र पसेको हुन सक्ने उनले अनुमान गरेका छन् । लामो अध्ययनका क्रममा पनि यो सर्पले जो पायो त्यसैलाई नटोकेको भेटिएकाले मार्ने वा अन्यत्र लाने नगरी गाउँ नजिकै छाडेको प्रहरीको भनाइ छ ।


प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्न नसकिने बताउँदै कातिलाले भने, “यो सर्पले चाहेका बेला मात्र विष वमन गर्छ । तर, विषवमन गरेको खण्डमा यसले टोकेको ३० मिनेटमै मानिसको मृत्यु हुन्छ ।”


बागलुङका सहायक वन अधिकृत सन्दीप पौडेलका अनुसार पछिल्लो समय बागलुङ बजार आसपासमा किङ कोब्रा र अन्य प्रजातिका विषालु सर्प देखिन थालेकाले अस्पतालमा औषधि उपचारको व्यवस्थापन गर्न आवश्यक देखिएको छ ।



×
Berita Terbaru Update