Notification

×

Iklan

Iklan

म्याग्दी रेडक्रसको २९औं साधारण सभा सम्पन्न

Saturday, April 10, 2021 | April 10, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

चैत २८




मानवीय सेवामा समर्पित सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी म्याग्दीले २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच साधारण सभा सम्पन्न भएको हो । 


सभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जिल्लाको विपद् व्यवस्थापनको सन्दर्भमा जिल्ला प्रशासनसँग सबैभन्दा नजिकमा रहेर काम गर्ने संस्थाको रुपमा रेडक्रसको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे । रेडक्रस सामाजिक संस्था भएकाले मानवीय सेवाको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै प्रजिअ अधिकारीले आपत्विपद्को अवस्थामा अग्रभागमा रहेर काम गर्नुपर्नेमा जोड दिएका छन् । 




कार्यक्रममा रेडक्रस गण्डकी प्रदेशका उपसभापति विष्णु रोकाले रेडक्रसमार्फत् दुर्लभ रक्त समूहको पहिचान, अभिमुखीकरण तथा सञ्जालीकरण गर्ने कार्यक्रमतर्फ गण्डकी प्रदेश समिति पहिलो भएको बताएकी छन् । साधारण सभाको अवसरमा कोभिड–१९ सङ्क्रमण व्यवस्थापनमा उत्कृष्ट कार्य गरेकोमा रेडक्रस पिप्ले उपशाखा र आजीवन सदस्यतातर्फ धेरै महिला सदस्यता वितरण गर्नेमा पात्लेखेत उपशाखालाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । 




रेडक्रस म्याग्दी शाखाका सभापति लेखबहादुर हमालको अध्यक्षता, उपसभापति अमर बानियाँको स्वागत र मन्त्री यामबहादुर चोखालको सञ्चालनमा सम्पन्न साधारणसभामा शाखा मन्त्री यामबहादुर चोखालले प्रगति र कोषाध्यक्ष नवराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 


म्याग्दी जिल्लाभर रेडक्रसका २२ वटा उपशाखाहरु क्रियाशील छन् । 


×
Berita Terbaru Update