Notification

×

Iklan

Iklan

म्याग्दी उद्योग वाणिज्य संघलाई ‘उत्कृष्ट शाखा’ सम्मान

Monday, April 12, 2021 | April 12, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

चैत ३०




उत्कृष्ट शाखाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघले म्याग्दी उद्योग वाणिज्य संघलाई सम्मान गरेको छ । महासंघको ५५औ वार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले म्याग्दी उद्योग वाणिज्य संघलाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेका हुन् । काठमाडौंमा आयोजित कार्यक्रममा संघका अध्यक्ष बेलबहादुर कटुवालले प्रधानमन्त्री ओलीमार्फत् उत्कृष्ट शाखाको सम्मानपत्र ग्रहण गरेका थिए ।


उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवर्द्धनमा योगदान गरेको भन्दै गण्डकी प्रदेशको ‘ख’ वर्गबाट म्याग्दी शाखालाई उक्त सम्मान प्राप्त भएको संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिएका छन् । उद्योग र व्यापारको प्रवर्द्धन, सदस्यकेन्द्रित कार्यक्रम सञ्चालन, स्थानीय सरकारसँगको साझेदारी, पर्यटन क्षेत्रको प्रचारप्रसार सम्बन्धी कार्यक्रम सञ्चालन र महासंघको नीतिमातहत रही शाखा सञ्चालन गरेको भन्दै महासंघले सम्मान गरेको अध्यक्ष कटुवालको भनाइ छ ।


म्याग्दी उद्योग वाणिज्य संघ सम्मानित हुनु भनेको सबै व्यवसायीको जित भएको बताउँदै अध्यक्ष कटुवालले यस उपलब्धिबाट थप काम गर्न प्रेरणा प्राप्त भएको बताए । “हामी यो खुशी सबैलाई बाँड्न चाहन्छौं,” सम्मान ग्रहणपछि बोल्दै अध्यक्ष कटुवालले भने, “यसबाट हामीलाई कार्यक्षेत्रमा अझै अघि बढ्न प्रेरित गरेको छ ।”


सम्मान कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणालगायतको उपस्थिति रहेको थियो ।


×
Berita Terbaru Update