Notification

×

Iklan

Iklan

पत्रकार महासंघको केन्द्रमा पोख्रेलको प्यानल विजयी

Saturday, April 10, 2021 | April 10, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

चैत २८




नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल विजयी भएका छन् । पाँच ओटा जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहे पनि गन्न बाँकी मत भन्दा पोख्रेलले अग्रता लिएको मत धेरै भएपछि पोख्रेलको विजय सुनिश्चित भएको हो ।


निर्वाचन समितिले उनको जितको औपचारिक घोषणा भने गरेको छैन । पाँच जिल्लाको अन्तिम परिणाम आउनुभन्दा अघि नै पोख्रेलले प्रतिष्पर्धी निर्मला शर्मासँग २१ सय मतको अग्रता बनाएका छन् । 


महासंघका लगभग सबै पदाधिकारी नै पोख्रेलको प्यानलबाट विजयी भएका छन्  । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्षमा उदय जीएम र बाला अधिकारी, महासचिवमा रोसन पुरी, सचिवमा गोविन्द चौलगाइँ, पवन आचार्य, सृजना अर्याल, नारायण किलम्बु, दिपेन्द्र चौहान र हेमकर्ण विक विजयी भएका छन् ।




यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति सदस्यमा लेखनाथ न्यौपाने वियजी भएका छन् । महासंघको धेरैजसो जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिएट्स तर्फ पनि प्रेस युनियन र प्रेस संगठनकै प्यानलका उम्मेद्वारले जितेका छन् । 


पत्रकार महासंघको गत बुधबार सम्पन्न चुनावमा नेपाली कांग्रेस निकट प्रेस युनियनले माओवादी निकट प्रेस संगठनसहित ११ दल नजिकका संगठनसँग गठबन्धन गरेको थियो ।


पहिलोपटक प्रत्यक्ष निर्वाचित प्रणाली अनुसार सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा १३ हजार एक सय मतदाता रहेका थिए । यसमध्ये ९५ प्रतिशतबढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।



×
Berita Terbaru Update