बेनी
चैत २०
६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बेनी बचत तथा ऋण सहकारी संस्थाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ‘आर्थिक समृद्धि हाम्रो अभियान’ भन्ने मूल नारासहित कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बेनी बचत तथा ऋण सहकारीका अध्यक्ष रमेश गिरीले राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीकर्मी र सरोकारवालाबीच परिचयात्मकसहित अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । शुभकामना आदानप्रदान गर्दै सहभागीहरुले सहकारीमार्फत् उत्पादन र व्यावसायिक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका थिए ।
जिल्ला सहकारी संघ, म्याग्दीले जिल्ला समन्वय समितिको सभाहलमा सहकारी दिवस मनाइरहँदा बेनी बचत सहकारीले भने आफ्नै कार्यालयमा शेयर सदस्य र पत्रकारलाई आमन्त्रण गरेर शुभकामना आदानप्रदानको आयोजना गरेको हो ।