बेनी
वैशाख १९
![]() |
फाइल तस्वीर |
जापानले पाँच मिनेटमा नै कोरोना भाइरसको संक्रमण (कोभिड–१९) भए नभएको परीक्षण गर्ने नयाँ प्रविधि पत्ता लगाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको संयुक्त अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको हो ।
जापानका सञ्चारमाध्यमहरुले वैशाख पहिलो साता उक्त जानकारी सार्वजनिक गरेका थिए । जापानमा यसअघि पिसिआर टेस्ट नै प्रचलनमा रहेको थियो । तर पनि यो प्रविधिबाट हाल कोभिड–१९ को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ ।
नयाँ प्रविधि पत्ता लागेपछि अब भने कुनै पनि व्यक्तिको नमुना लिएको पाँच मिनेट भित्रैमा उसको शरीरमा कोभिड–१९ पोजेटिभ भए नभएको पत्ता लाग्नेछ ।
प्रविधि विकासले कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने कुरा विज्ञहरुले जनाएका जापानको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले जनाएको छ ।
उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिए ।