Notification

×

Iklan

Iklan

म्याग्दीमा कोरोना सङ्क्रमित ७८ पुगे

Sunday, May 2, 2021 | May 02, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

वैशाख १९






हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसका सकृय सङ्क्रमितको संख्या ७८ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार सङ्क्रमितको संख्या ह्वात्तै बढेको हो ।


निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जारी गरेको सूचनामा पछिल्लो २४ घण्टामा म्याग्दीका २३ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ । सूचना अनुसार बेनी नगरपालिकामा ५ महिला र ३ जना पुरुष, धवलागिरी गाउँपालिकामा २ पुरुष र १ जना महिला, मालिका गाउँपालिकामा १ महिला र २ जना पुरुष, मङ्गला गाउँपालिकामा ३ जना पुरुष र रघुगङ्गा गाउँपालिकामा २ महिला र ४ जना पुरुष सङ्क्रमित भएका छन् । 




बेनी अस्पतालमा उपचार गर्न गाउँबाट आएका शङ्कास्पद विरामीको परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको गाउँ तहसम्मै सङ्क्रमण फैलिएको आशङ्का बढेको छ । 


कोरोना भाइरसको महामारी शुरु भएयता म्याग्दीमा एकैपटक धेरै सङ्क्रमण पुष्टि भएको यो पहिलोपटक हो । 


सरकारले पहाडी तथा हिमाली जिल्लामा सकृय सङ्क्रमितको संख्या २ सय पुगेमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था गरेको छ ।



×
Berita Terbaru Update