Notification

×

Iklan

Iklan

चीनबाट ल्याइएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा

Sunday, May 16, 2021 | May 16, 2021 WIB Last Updated 2021-12-30T03:23:12Z

बेनी

जेठ २


फाइल तस्वीर


छिमेकी मित्रराष्ट्र चीन सरकारले नेपाललाई अनुदानस्वरुप दिएको १८ हजार थान अक्सिजन सिलिण्डर सिन्धुपाल्चोक जिल्लाकोे तातोपानी नाकामा आइपुगेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले उक्त जानकारी दिएका हुन् ।


तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरलाई काठमाडौं ल्याउनका लागि आवश्यक तयारी भैरहेको पाण्डेले जानकारी दिएका छन् । नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डर सहयोगस्वरुप उपलब्ध गराएको हो । चीन सरकारले उपचारमा सहयोग पुगोस् भनेर सिलिण्डरहरू नेपाललाई दिएको हो ।


तातोपानी भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमका अनुसार १८ हजार अक्सिजन सिलिन्डर चीनको खासास्थित नाल्यम भन्सारबाट  अगाडि बढेको र भरे साँझसम्म सीमाक्षेत्रमा आइपुग्ने जानकारी दिए । सीमामा आएको सामान तुरुन्त अनलाइन मार्फत जानकारी हुने र त्यसलाई जतिसुक्दो प्रक्रिया पूरा गरेर काठमाडौ पठाइने गौतमको भनाइ छ ।


नेपालमा अक्सिजन अभावको कारण अस्पतालहरूमा कोरोनाका बिरामीलाई उपचार गर्न समस्या भइरहेका बेला चीनले दिएको अक्सिजनले उपचारमा ठुलो सहयोग मिल्नेछ । चीनले सहयोगस्वरुप उपलब्ध गराएका २० हजार सिलिन्डरमध्ये बाँकी नेपाल एअरलाइन्सका जहाजले ल्याएका छन् ।


यसै गरी सरकारले अक्सिजनको अभाव हुन नदिन देशमै अक्सिजन प्लान्टदेखि देशका विभिन्न ठाउँमा प्रयोग विहीन अक्सिजन सिलिण्डर जम्मा गरिरहेको छ ।


त्यसैगरी विदेशमा रहेका नेपालीहरुले पनि नेपालमा अक्सिजन ग्यास पठाइरहेका छन् । हिजो मात्रै खाडी मुलुकमा रहेका नेपालीले ५६० अक्सिजन सिलिण्डर नेपाल पठाइ सकेका छन् ।



×
Berita Terbaru Update