Notification

×

Iklan

Iklan

एमाले विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

Sunday, May 16, 2021 | May 16, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z


बेनी

जेठ २


फाइल तस्वीर

सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दिउँसो भएको वार्ताले पार्टीको आन्तरिक समस्या समाधानका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।


कार्यदलमा दुवै पक्षका ५÷५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । यसमध्ये माधव नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन् ।


पार्टीभित्रको विवाद समाधानको लागि कार्यदललाई तीन दिनको समय दिइएको छ ।


सत्तारुढ दल एमालेको माधव नेपाल पक्ष असन्तुष्ट रहेकै अवस्थामा केपी शर्मा ओलीले गत वैशाख २७ गते संसदबाट विश्वासको मत गुमाएका थिए । उता माधव नेपाललाई चाहिँ पार्टीभित्रको समस्या समाधान गर्न छोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पछि लागेको आरोप लाग्दै आएको छ ।


×
Berita Terbaru Update