बेनी
जेठ २
![]() |
फाइल तस्वीर |
सरकारले कोरोना महामारीको संक्रमणलाई रोकथाम, उपचार, नियन्त्रण एवं अस्पतालहरुको क्षमता अभिवृद्धि गर्न ४ अर्बभन्दा धेरै बजेट छुट्ट्याएको छ । अर्थ मन्त्रालयले दिएको जानकाराी अनुसार उक्त बजेट स्वास्थ्य सामग्री खरिदका लागि समेत उपयोग गरिने छ ।
मन्त्रालयस्रोतका अनुसार कोरोनाविरुद्ध लड्न ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमति दिइएको हो ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सहमति दिएको हो ।
यस्तै केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले सो स्रोत सुनिश्चित गरेको हो ।
अक्सिजनको अभावका कारण अस्पतालहरुले विरामी भर्ना गर्न नसक्ने जनाउ दिनेक्रम बढेका बेला सरकारले आवश्यक बजेट थपेको हो । सरकारी र नीजि अस्पतालहरुले लिएका निर्णयले सरकारमाथि पर्याप्त अक्सिजन, औषधिलगायत मेडिकल सामग्रीको व्यवस्था र अस्पतालहरुको क्षमता बढाउन दबाव परेको छ ।