बेनी
वैशाख १८
![]() |
| फाइल तस्वीर |
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा शनिबार शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षबाट श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ कायम गरिने बताएका हुन् ।
उनले भने, “न्यूनतम पारिश्रमिक निर्धारणमा यसपटक रोजगारदाता र श्रमिक प्रतिनिधिबीच सहमति हुन सकेन । त्यसैले सरकारको तर्फबाट म जानकारी गराउँछु– आर्थिक वर्ष २०७८÷०७९ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुन्छ । मासिक पारिश्रमिक रु १३ हजार ४ सय ५० बाट रु १५०० हजार, दैनिक पारिश्रमिक रु ५१७ बाट ५७७, प्रति घण्टाको पारिश्रमिक रु ६९ बाट रु ७७ पु¥याइने छ ।”
यसमा उद्यमी व्यवसायीले पनि समझदारी देखाउने प्रधानमन्त्री ओलीको विश्वास छ।
उनले भने, “गएको वर्ष परिस्थितले साथ दिएन । यस वर्ष पारिश्रमिक बढ्दैन भन्ने सरकारको आग्रहमा श्रम आन्दोलनले उच्च समझदारी देखाएको हो । यस वर्ष त्यस्तै समझदारी उद्यमी व्यवसायीद्वारा देखाइने छ भन्नेमा म विश्वस्त छु ।”
प्रधानमन्त्री ओलीले सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समावेश गरिनेसमेत बताए ।
उनले भने, “सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइन्छ । सबै श्रमिकलाई विस्तारै योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिन्छ । यसको सुरुआत यसै आर्थिक वर्षबाट हुनेछ ।”
