Notification

×

Iklan

Iklan

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

Thursday, May 13, 2021 | May 13, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

वैशाख ३१




राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । बहुमत दावी गर्नका लागि राष्ट्रपतिले दिएको समय सीमाभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि ओली तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 




वैशाख  २७ गतेको संसदको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत आर्जन गर्न नसकेपछि उनी स्वतः पदमुक्त भएका थिए । तर, उनीविरुद्ध गठबन्धन गरेका नेपाली काँग्रेस र माओवादी केन्द्र, जसपाको उपेन्द्र–बाबुराम समूहले बहुमत पुर्याउन नसकेपछि अध्यक्ष ओली नेपालको संविधानको धारा ७६ को उपधारा ३ अनुसार मुलुकको ४३औं प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।


संवैधानिक व्यवस्थाअनुसार ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।



×
Berita Terbaru Update