Notification

×

Iklan

Iklan

म्याग्दीमा ११० जनाले कोरोना जिते

Thursday, May 20, 2021 | May 20, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

जेठ ६




पछिल्लो २४ घण्टामा म्याग्दीका एक सय १० जनाले कोरोना जितेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख गरिएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख एकनारायण लम्सालले संक्रमणको तुलनामा निको हुने संख्या बढ्न थालेको जानकारी दिए ।


कार्यालयका अनुसार अब म्याग्दीमा सकृय कोरोना संक्रमितको संख्या ४२१ जनामा झरेको छ ।


यसैबीच पछिल्लो २४ घण्टामा म्याग्दीमा थप ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट गरिएको परीक्षणबाट संक्रमित पुष्टि भएका मध्ये बेनी नगरपालिकाका २७ जना, मालिका गाउँपालिकाका ७ जना, रघुगङ्गा गाउँपालिकाका ४ जना, अन्नपूर्ण गाँउपालिकाका ७ जना र पर्वतको जलजलाका ४ जना गरी ४८ जना रहेका छन् ।


त्यसैगरी एन्टिजिन परीक्षणबाट संक्रमण पुष्टि भएकामध्ये  बेनी नगरपालिकाका ६ जना, मङ्गला गाउँपालिकाका २ जना, अन्नपुर्ण गाउँपालिकाका १५ जना, धवलागिरी गाउँपालिकाका ९ जना र रघुगङ्गा गाउँपालिकाका १० जना रहेको पनि जनस्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ ।


कार्यालयका अनुसार परीक्षणको लागि सङ्कलितमध्ये अझै ७४८ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ ।



×
Berita Terbaru Update