Notification

×

Iklan

Iklan

बाढीपहिरो पीडितलाई एमालेले बाँड्यो राहत

Wednesday, June 23, 2021 | June 23, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार १०



असार पहिलो साताको अविरल वषांपछि आएको बाढी–पहिरोले क्षति बेहोरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखका नागरिकलाई नेकपा एमाले म्याग्दीले राहत वितरण गरेको छ ।


जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको नेतृत्वमा मङ्गलबार गएको सो पार्टीको टोलीले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनलाई राहत सामग्री हस्तान्तरण गरेको हो । एमालेले हस्तान्तरण गरेको सामग्री अध्यक्ष पुनले पीडित परिवारलाई वितरण गरेका छन् । 


एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्ष खड्ग गिरीका अनुसार प्रति परिवार २७ केजी जिरा मसिना चामल, प्रतिव्यक्ति आधा लिटर खानेतेल, चिनी १ केजी, चियापत्ति एक डिब्बा, एक केजी नुन, १ किलो दाल र प्रति परिवार तयारी चाउचाउ १० प्याकेटका दरले उपलब्ध गराइएको छ । 




एमालेद्वारा उपलब्ध गराइएको राहत सामग्री अन्नपूर्ण–५, शिखका कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजाले बुझेका थिए । एमाले म्याग्दीले २० परिवारलाई पुग्ने राहत सामग्री हस्तान्तरण गरेको थियो भने अन्नपूर्ण गाउँपालिकाले १५ परिवारलाई पुग्ने बराबरको राहत सामग्रीको व्यवस्था गरी बाढी पहिरोबाट पीडित ३५ परिवारलाई राहत वितरण गरिएको थियो ।


सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन, शिखका कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजा लगायतले मन्तव्य राखेको कार्यक्रममा वडा सचिव कुलप्रसाद आचार्यको पनि उपस्थिति रहेको थियो ।




राहत वितरण कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले नेता–कार्यकर्ताहरुबाट स्वैच्छिकरुपमा उठेको चन्दाबाट राहत वितरण गरिएको जानकारी दिएका थिए । 


हालै परेको भीषण वर्षासँगै आएको बाढीपहिरोबाट जोखिममा परेका म्याग्दीका १ सय ३३ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ । तीमध्ये बेनी नगरपालिकामा ५७, अन्नपूर्ण गाउँपालिकामा ३७, मालिकामा २६, रघुगंगामा १२ र मंगलामा १ घरधुरी रहेका छन् । 


×
Berita Terbaru Update