Notification

×

Iklan

Iklan

गण्डकीसहित चार प्रदेशमा भीषण वर्षाको सम्भावना

Thursday, June 24, 2021 | June 24, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार ११




आज शुक्रबार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहितका चार ओटा प्रदेशमा ठुलो वर्षा हुनसक्ने उल्लेख गरेको छ । महाशाखाका अनुसार देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेको  छ । त्यसैले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


महाशाखाका अनुसार शुक्रबार बिहान प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भने चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


यस्तै, आज राति पनि देशभरको मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ ।


ती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


×
Berita Terbaru Update