Notification

×

Iklan

Iklan

अदालतको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेलाई निराश बनायोः ओली

Tuesday, July 13, 2021 | July 13, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार २९




निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनाएको बताएका छन । प्रधानमन्त्रीका रुपमा सरकारी निवास बालुवाटरबाट बाहिरिनुअघि देशबासीका नाममा सम्बोधन गर्दै ओलीले संविधानको सर्वोच्चता र दलीय व्यवस्थामा विश्वास गर्नेहरुलाई हिजोको फैसलाले निराश बनाएको दावी गरेका हुन । 

हिजोको फैसलाले दलीय व्यवस्थालाई के ग¥यो, त्यो भविष्यमा थाहा होला,’ ओलीले भने, ‘संविधानको सर्वोच्चता र विधिको शासनको पक्षधर भएका कारण त्रुटिपुर्ण भए पनि आदेश कार्यान्वयन गरेका छौं ।’


पछिल्लो निर्वाचनको जनादेश आफ्नो पक्षमा भए पनि परमादेश शेरबहादुर देउवाको पक्षमा आएको भन्दै ओलीले अदालतले राजनीतिक विषयमा अनावश्यक चासो दिएको बताए ।


‘राजनीतिक मुद्दामा अदालतको अधिकतम संयमको अपेक्षा गरिन्छ । प्रत्येक राजनीतिक मुद्दामा हात हालेर अत्यधिक न्यायिक सक्रियता देखाउनु हुँदैन । तर, यहाँ अदालतले कहिले मागै नभएका त कहिले सन्दर्भै नभएका विषयहरूसम्ममा हात हालेको देखिन्छ । यसले न त गन्तव्यमा पुग्न सकिन्छ, न त त्यति ठूलो भारी अदालतले थेग्न सक्छ,’ ओलीले भने ।


‘रेफ्री स्वयंले गोल गर्ने र खास पक्षलाई जिताउने इच्छा भयो भने जोखिम हुन्छ । त्यो मात्रै नभएर अहिले त अदालतबाट आउने सम्भावित फैसला एक हप्ताअघि नै खास व्यक्ति र समूहलाई आइसक्ने अवस्था पनि देखियो‘, ओलीले अगाडि थपे ।


एउटै दलका सांसद सत्ता र प्रतिपक्ष बन्ने कल्पना संसारमा कुनै पनि लोकतान्त्रिक प्रणालीले नगरेको बताउँदे उनले भने, ‘संविधानको यस्तो अपव्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गर्ने काम गरेको छ । यसले सिर्जना गर्ने राजनीतिक विकृतिहरूको मूल्य भविष्यले चुकाउनुपर्ने हुन्छ ।’


एक अर्को प्रसङ्गमा बोल्दै निवर्तमान प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्ध लगाउन आवश्यक खोपको व्यवस्थथा गरेर आफु बाहिरिएको जानकारी गराएका थिए ।


×
Berita Terbaru Update