बेनी
साउन ३
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् ।
आइतबार प्रतिनिधि सभामा देउवाले विश्वासको मत मागेकोमा उनको पक्षमा १६५ मत आएको छ । आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित रहेकोमा १६५ जना सांसदले देउवामाथि विश्वास जनाएका हुन् ।
विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् । देउवाले विश्वासको मत प्राप्त गरेको सभामुख सापकोटाको भनाइ छ ।
देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका छन् ।
सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो ।
