बेनी
साउन ४
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३३ ओटा पीसीआर नमुना परीक्षण गर्दा १ हजार ६४२ जनामा र ३ हजार ८ सय ३१ एन्टिजेन परीक्षणबाट ८०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित उपचाररत छन् ।