Notification

×

Iklan

Iklan

आज गुरुपूर्णिमा, गुरुको सम्मान गरी मनाइँदै

Friday, July 23, 2021 | July 23, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

साउन ९



आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा, गुरुहरुको सम्मान गर्दै यो पर्व मनाइँदैछ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइँदै आएको छ । मन्त्र सुनाउने र अक्षर चिनाउने गुरुप्रति सम्मान प्रकट गुरुपूर्णिमा मनाइने चलन छ ।


पर्वका अवसरमा गुरुलाई मीठा खानेकुरा र विभिन्न उपहार प्रदान गरेर यो पर्व मनाइन्छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु मानिने गरिएको छ ।


गुरुपूर्णिमाका अवसरमा विद्यालय एवम् विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।


×
Berita Terbaru Update