Notification

×

Iklan

Iklan

मानवअधिकार वर्ष पुस्तकको पूर्व समीक्षा

Monday, July 12, 2021 | July 12, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार २८




अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार वर्ष पुस्तक–२०२२ का लागि इन्सेकद्वारा अर्धवार्षिक पूर्व समीक्षा तथा सरोकारवालाबीच छलफल र अन्तत्र्रिmया गरिएको हो । 


कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले सामाजिक सञ्जालको गलत प्रयोगका कारण मानवअधिकार उल्लङ्घनका घटनाहरु बढी हुने गरेको बताए । उनले मानव अधिकारको क्षेत्र व्यापक भएकाले अधिकारका कुरा गर्दै सामाजिक सञ्जालको सही प्रयोग गर्न नसक्दा समस्या सिर्जना भएकाले सञ्जालकै कारण धेरै उजुरीहरु हुने र मिलापत्र हुने घटनाहरु पनि पछिल्लो समय बढेको बताएका थिए । 




बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले जिल्लामा बालविवाहको समस्या विकराल रहेको बताउँदै सानै उमेरमा विवाह अनि आमा बन्दा स्वास्थ्यमा गम्भीर असर देखिने गरेको भए पनि उनीहरुलाई सचेत गराउन समस्या भैरहेको अनुभव सुनाएकी थिइन् ।


प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्ने कार्यको कार्यान्वयनमा सहज हुने बताए । 


म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले पुरुषहरु पनि धेरै हिंसामा परेका तर उनीहरु पुरुष भएकै कारण आफ्नो समस्या सार्वजनिक गर्न नसक्ने समस्या देखिएको बताएका थिए । इन्सेकले निजी क्षेत्र तथा अन्य क्षेत्रले पनि मानवअधिकार उल्लङ्घनका घटनाहरुमा गरेको सहजीकरणलाई समेत अभिलेखीकरण गर्नुपर्ने म्याग्दी उद्योग वाणिज्य संघ तथा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, सचिव सन्तोष गौतम, मानवअधिकार सङ्गठनका सभापति कोमलप्रसाद उपाध्याय, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष दिपक पौडेल, बेनी नगरपालिकाका प्रकाश सुवेदी, पत्रकार कृष्ण जिसीलगायतको सहभागिता थियो । 


कार्यक्रममा इन्सेक प्रतिनिधि अमृत बास्कुनेले २०२१ मा इन्सेकले सङ्कलन गरेका १६ वटा घटनाहरुको बारेमा जानकारी गराउँदै सहजीकरण गरेका थिए ।


×
Berita Terbaru Update