बेनी
साउन १६
![]() |
| सौरभ |
पुस्तक–अंश
गम्भीर राजनीतिक विश्लेषकको परिचय बनाएका सौरभको नयाँ पुस्तक ‘असहमति–३’ केही महिना पहिले बजारमा आएको छ । उनले असहमति शृंखला नाम दिएर उक्त पुस्तकका विभिन्न भाग प्रकाशन गर्दै आएका छन् । असहमति–३ मा पनि राजनीति र सामाजिक विषयलाई नै केन्द्रमा राखिएको छ । यो पुस्तकांशमा भने उनले नेपालको पहिलो सम्पादक को हुन् र उनको पत्रकारिताको मूल्य कस्तो थियो भन्नेबारे चर्चा गरेका छन्–
२०७१ को वर्ष कांग्रेस समर्थकहरूले पत्रकार संघको पहिलो अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई माने । एमाले समर्थकहरूले सत्यनारायणबहादुर सिंहलाई । यो विवाद चुलियो र सम्भवतः अझै टुंगोमा पुगेको छैन । अर्थहीन थियो विवाद ।
। एक ।
‘किन सम्पादकज्यू, सम्पादकीय नियमित रूपमा छापिँदैन ?’
‘कसैले पनि पढ्दैनन्, त्यसैले ।’
पत्र–लेखक र सम्पादकको सवाल–जवाफ हो यो, २००४ सालको गोरखापत्रमा छापिएको । यद्यपि शब्दहरूमा केही तल–माथि अवश्य होला । २०४५ सालतिर पढेको भाषा अहिले बिर्सिसकियो । जवाफ दिने सम्पादक हुन्, प्रेमराज शर्मा पौडेल । प्रश्नकर्ता पाठक हुन्, तत्कालीन दरबार स्कूलमा नौ कक्षामा पढिरहेका सुरेन्द्रराज शर्मा, जो पछि सरकारका सचिवसम्म भए ।
टिप्पणी ः २०४७ सालतिर टि.जे.एस. जर्ज काठमाडौं आएका थिए, एशिया विक का संस्थापक सम्पादक । पङ्तिकारले उनलाई सोधेको थियो, ‘विना सम्पादकीय कुनै पत्रिका प्रकाशन गर्न मिल्दैन ?’
उनले भने, ‘फ्री प्रेस जर्नल निकाल्दा हामीले पनि त्यसै गरेका थियौं । तर धेरै बिकेन । सम्पादकीय नभएको पनि पत्रिका हुन्छ ? भन्ने मान्यता समाजमा विद्यमान छ । यसैले केही अंकपछि सम्पादकीय छाप्न बाध्य भयौं । पत्रिका पनि बिक्न शुरू ग¥यो ।’
फ्री प्रेस जर्नलको समय सन् १९७० को दशकको हो । वि.सं २००४ साल भनेको सन् १९४७ अर्थात् १९४० को दशक । ३० वर्षले अगाडि रहेछन् यो दक्षिणपूर्वी एशियायी क्षेत्रमा प्रेमराज पौडेल –पछि सन् १९८९ मा त्रिभुवन विमानस्थलमा संयोगवश सुरेन्ऽराज शर्मासँग कुराकानी हुँदा यो कुरा किन सम्झना आएन, अहिले अनौठो लाग्छ) ।
। दुई ।
‘कुकुरको भ्यासेक्टोमी गरेदेखि भुस्याहा कुकुरहरू सजिलै नियन्त्रण हुने’ कुरा उनले लेखेका छन् २०२५ सालको गोरखापत्रको सम्पादकलाई चिठी स्तम्भअन्तर्गत । २०२५ साल भनेको सन् १९६८ भयो ।
टिप्पणी ः सन् १९८० को दशकको अन्त्यतिर एमिलीले दक्षिण भारतमा समाज सेवाअन्तर्गत कुकुरको भ्यासेक्टोमी अभियान चलाइन् । त्यहाँका अभिनेता नागार्जुनकी पत्नी भएकीले पनि यसको ठूलो प्रचारप्रसार भयो, ठूलो वाह्वाही भयो । नयाँ कुरा थियो, त्यो त्यहाँ । सोसाइटी पत्रिकाले मुख्य सामग्री बनाएको थियो, यस विषयलाई लिएर ।
अनि त्यसको १० वर्षपछि बल्ल नेपालमा कुकुरको भ्यासेक्टोमी अभियान सञ्चालन भयो, नगरपालिकाको संयोजनमा । यस्तो शल्यक्रिया भएका कुकुरहरूलाई घाँटीमा रातो रिबन बाँध्न थालियो, संकेत चिहृनस्वरूप । यहाँ पनि झन्डै ३० वर्षले अगाडि छन्, प्रेमराज पौडेल ।
। तीन ।
‘गोरखापत्रका सम्पादक प्रेमराज शर्माले पनि भमरकोटमा बसेर कपासको खेती आरम्भ गरेका थिए ।’ –पेज ४६, पूर्व १ नम्बर, पराजुली, २०५०)
टिप्पणी ः ब्राहृमण हुन् पौडेल, जसलाई परम्पराले नै कपास खेती गर्न प्रतिबन्ध लगाएको छ । त्यसमाथि त्यो अनुदारवादी र अँध्यारो युगमा । उनी भने परम्पराका विरुद्धमा छन्, लुकेर कसैलाई त्यस्तो काम लगाउँदैनन् । आफैं खेत कुरेर परम्पराविरुद्ध विद्रोह गरिरहेका छन् ।
। चार ।
‘गोरखापत्रका सम्पादक प्रेमराज पौडेलको घरमा दशैंका लागि लुगा सिउने दमाईको आवश्यकता प¥यो । एकजना मित्रले रामदास दमाईको चर्चा गरे‘ स्वयम् पौडेलले मधुपर्क –वर्ष १, अंक १, २०२५ साल) मा दमाई महात्मालाई गुरु मानेर लेख्नुभएको छ (पेज ४०६–७, मिल्केका झिल्का, प्रपन्नाचार्य) ।
टिप्पणी ः त्यो २०२५ सालमै उनले एक दमाई रामदास नौबागलाई महात्मा र आफ्नो गुरु मानिसकेका छन् । सार्वजनिक रूपमै लेखेका छन् ।
। पाँच ।
‘बाघ लाग्छ राति जंगलमा भन्दै थिए । तर म हिंडें, जंगल पार गरें’ नेपालीको कुनै अंकमा उनको यस्तो भनाइ छापिएको छ, एउटा यात्रा शीर्षकमा ।
टिप्पणी ः २०४७ सालतिर राइजिङ नेपालका एक कनिष्ठ पत्रकारलाई कम्पाउन्डको पर्खाल नाघेर हाम फालेकोमा गार्डले पाखुरा समात्यो । यो घटना थियो, कमलादीको । कम्पाउन्ड थियो, मोहनबहादुर शाहीको । पत्रकारको नाम वीरेन्द्र श्रेष्ठ । हाम फालेको कारण कम्पाउन्डबाहिरको भीडले भित्र एउटा चितुवा रहेको बताएकाले । शहरको बीचमा चितुवा भेटिनु पत्रकारका निम्ति ठूलै समाचार हो नै । तर गार्डले समातेको कारण छ– चित्तल रहेछ त्यो ।
चितुवाले आक्रमण गर्नलाई भोकाउनुपर्दैन । साँच्चै चितुवा भएको भए सम्भव छ श्रेष्ठको ज्यान जाने थियो । इराकमा १२ नेपाली मारिएपछि भएको दंगाताका कान्तिपुरमा आगो लगाउने सार्वजनिक प्रयास भयो, कार्यरत पत्रकारहरू भाग्ने नै भए ।
कम्पाउन्डको पर्खाल नाघेर उनीहरू भागे । भाग्ने क्रममा पर्खाल उक्लिरहेकै महिला पत्रकारलाई तलबाट तानेर आफू उक्लिएर भाग्नेहरू पनि थिए । यसरी ओरालो लाग्दो पत्रकारहरूको साहसको पृष्ठभूमिमा, श्रेष्ठभन्दा पनि ४० वर्षअघि प्रेमराज पौडेल परेदेखि बाघसँग पनि लाप्पा खेलुँला भन्ने मानसिकतामा देखिन्छन् । मूल कुरा उनको हरेक आयामको निर्भीकता हो । त्यसमा उनको सीमा नै छैन ।
गोरखापत्र नेपालको पहिलो पत्रिका सन् १९०१ मा निस्किएको र नियमित । त्यसमा पहिलो अंकको मुखपृष्ठमै एडिटरको राय शीर्षकमा सम्पादकीय छ । तर एडिटर÷सम्पादक तोकिएको छैन । तैपनि त्यो समय त्यसको मुख्य कार्यकर्ता चिरञ्जीवी शर्मा पौडेल भएकाले उनैलाई पहिलो सम्पादक मान्ने एउटा मान्यता छ ।
शरदचन्द्र शर्माले भने साधुराम देवकोटा पहिलो सम्पादक हुन् भनेर लेखेका छन् । सम्भव छ, देवकोटाको नामको अघि ‘सम्पादक’ छापिएको होला ।
१९५९–५–२४ मा साधुराम देवकोटा भर्ना भई १९६०–९–२६ मा खोसिएको –पेज ६९, नेपालको पत्रपत्रिकाको इतिहास– देवकोटा) । शर्माको निर्क्योलको आधार यही हुनुपर्छ ।
। छ ।
‘गाँजरको तारिफ र झिंगाको विरोधबारे केही नलेखिएको मनुस्मृतिलाई हिन्दू संस्कृतिको ऐन नमान्ने, तागाधारी त कोई नपाइएला’ (लोप हुन आँटेको हाम्रो मूल संस्कृति– प्रेमराज पौडेल, नेपाली ३१) ।
टिप्पणी ः ब्राहृमणहरूले असारमा पाइने रातो नेवारी मूला खान नहुने भन्ने छ (पेज १७२, पत्रम् पुष्पम्– पुष्कलप्रसाद रेग्मी) । अर्थात् गाँजर नखाने कारण घुमाएर यहाँ दिइएको छ । नभन्दै, ल्हासामा दशैंमा बज्राचार्यले राक्षसको प्रतीकका रूपमा रातो मूलालाई बलि दिन्थे (नेपाल र भोट चीनबीच सांस्कृतिक सम्बन्ध– ज्ञानमणि नेपाल)।
नाम दर्ताले उनीअघि पनि सम्पादकहरू भए होलान् । तर जसलाई स्वभाव, व्यवहार, योगदान, सोच र निर्भीकताले नेपालको पहिलो पत्रकार भन्न मिल्छ, ती प्रेमराज पौडेल नै हुन्, अरू कोही होइन
सम्भवतः मनुस्मृति लेखिंदाको समय गाँजर एशिया आइपुगेको थिएन, युरोपबाट । यसैले मनुलाई थाहा भएन गाँजर । गाँजरको तारिफ हुने, हुन सक्ने बेला पछिसम्म पनि थिएन, जब रातो मूला नै मानिन्थ्यो पनि । नेपालीले अंग्रेजहरूले लैन दूतावासमा घोडालाई गाँजर खुवाएको देखेपछि, यो घोडाले मात्रै खाने चीज रहेछ भन्ने बुझेका थिए । तर प्रेमराज समकालीन चलनकै विरुद्धमा ठाडै उत्रन्छन् । यद्यपि उनको वाक्यमा दोहोरो न प्रयोग भएकाले अलमल्याउने खालको छ ।
पुछारमा
जनता साप्ताहिक (इन्डिया) पत्रिकाले नेपालसम्बन्धी लेख, खबरहरू छाप्ने दशरथ चन्दको अनुरोधलाई स्वीकार ग¥यो । त्यसपछि सेवा सिंहको नाममा राणा सरकार र उनीहरूले गरेको शोषण, राजाप्रति अख्तियार गरेको नीति, नेपाली जनताको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका बारेमा लेखहरू प्रकाशित हुन थाले –पेज ९३, ९४), पहिलो लेख १९९५ को असारमा छापिएको थियो (पेज ९५), पछि गोप्य नाम बदलेर सुशील राखे (पेज ९५), (नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका– गौतम) ।
प्रेस युनियनले पनि कृष्णप्रसाद भट्टराईको नाम उच्चारण गर्न मिल्दैनथ्यो, दशरथ चन्दको नाम छाडेर । आखिर टंकप्रसाद आचार्यलाई कांग्रेसको सभापति बनाएपछि, आचार्यलाई गरिने सम्बोधन सान्दाजु, विश्वेश्वरका निम्ति प्रयोग गरेपछि र प्रजापरिषद्कै नेता गणेशमान सिंहलाई नेता मानेपछि ।
र संघको अध्यक्ष भने पनि सिंहको योगदान पत्रकारितामा केही पनि देखिन्न भने उनको नाम चौतारीले पनि उचालिरहन मिल्दैन ।
। निक्र्योल ।
नाम दर्ताले उनीअघि पनि सम्पादकहरू भए होलान् । तर जसलाई स्वभाव, व्यवहार, योगदान, सोच र निर्भीकताले नेपालको पहिलो पत्रकार भन्न मिल्छ, ती प्रेमराज पौडेल नै हुन्, अरू कोही होइन ।
(असहमति–३, बुक–हिल प्रकाशनले प्रकाशित गरेको हो ।)

