Notification

×

Iklan

Iklan

पछिल्लो २४ घण्टामा देशभर ३१०६ कोरोना संक्रमित थपिए

Saturday, July 31, 2021 | July 31, 2021 WIB Last Updated 2021-12-30T03:22:45Z

बेनी

साउन १६




पछिल्लो २४ घण्टामा देशभरबाट थप ३ हजार १०६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ९ हजार २६३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २८० जनामा र ४ हजार २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । हाल देशभर करिब ३१ हजार ३०० सक्रिय कोरोना संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा मात्रै ८ हजार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 


यस्तै, थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म देशभर ९ हजार ८५६ जनाको मृत्यु भइसकेको छ । 



×
Berita Terbaru Update