Notification

×

Iklan

Iklan

एमालेको विधान महाधिवेशन साउन २५ गतेदेखि

Saturday, July 3, 2021 | July 03, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार १९




नेकपा एमालेले आगामी साउन २५ गतेदेखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशन लगायतका विभिन्न विषयमा निर्णय भएको हो । 


बैठकले विधान महाधिवेशनमा प्रस्तुत गर्न अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन लेखन, महासचिव ईश्वर पोखरेललाई साङ्गठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेललाई विधान प्रस्ताव तथा रामबहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मेवारी दिएको यूवा नेता महेश बस्नेतले जानकारी दिएका छन् ।


प्रतिनिधिसभाको घोषित निर्वाचन र एमालेको महाधिवेशनको मिति जुधेको अवस्थामा साउनमा विधान महाधिवेशन र आगामी वैशाखमा नेतृत्व छनोटका लागि दशौं महाधिवेशन सम्पन्न गर्ने गरी तयारी शुरु भएको बताइएको छ । यो निर्णयसँगै एमालेको दशौं महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ ।


पार्टीको महाधिवेशनमा नीति र नेतृत्वको छलफल हुँदा नेतृत्वको छनोटको विषयले प्राथमिकता पाउने गरेको भन्दै नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनले विधान महाधिवेशनको परिकल्पना गरेको थियो ।


महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठनिक प्रतिवेदनमा असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्ने र केन्द्रीय विभागहरुलाई पनि असारभित्रै पूर्णता दिने प्रस्ताव गरिएको छ ।


सबै जिल्लाबाट साउन ५ भित्र सदस्यता विवरण पठाउने र साउन २५ गते विधान महाधिवेशन गर्ने प्रस्ताव बैठकमा पेश भएको थियो । बैठकमा भदौ ५ गते वडा अधिवेशन र १५ गते नगरपालिका र गाउँपालिकाहरुको अधिवेशन गर्न प्रस्ताव पेश गरिएको छ ।


×
Berita Terbaru Update