Notification

×

Iklan

Iklan

ओसाकामा सम्पन्न ‘प्रथम समर कप’को उपाधि बेनी एफसीलाई

Saturday, July 3, 2021 | July 03, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार १९




बेनी फुटबल क्लव, ओसाका जापानले आयोजना गरेको ‘प्रथम समर कप २०२१’ फुटसल प्रतियोगिताको उपाधि आयोजकले नै जितेको छ । जापानमा रहेका फुटबल प्रेमी र खेलाडीबीचको एकता र सहकार्यको उद्देश्यबाट स्थापित क्लवले आयोजना गरेको प्रतियोगिताको उपविजेता स्टार एफसी भएको छ ।


ओसाका भित्रका बिभिन्न ११ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा बेनी फुटबल क्लबले १ का बिरुद्ध ४ गोल गरेको म्याग्दी प्रवासी नेपाली संघ(मोना)क्षेत्रीय कमिटी सेन्दाईका निवर्तमान अध्यक्ष कमल बानियाँले जानकारी दिएका छन् ।


प्रतियोगिताका बिजेता र उपविजेताले क्रमशः ७० हजार येन (जापानी मुद्रां) तथा ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी बेनी एफसीका सुजन पुन, उत्कृष्ट गोल रक्षक बेनी एफसीकै चित्र जुग्जाली, सर्वाधिक गोलकर्ता बेनी एफसीकै अनिश कुँवर रहेका थिए । 


प्रतियोगितामा विजेतालाई प्रमुख अतिथि बिकास पराजुली, नर थापा, चित्र पुन लगायतले पुरस्कार, ट्रफी वितरण गरेका थिए ।


बेनी फुटबल क्लबका मनोजजङ्ग बानियाँको अध्यक्षता, सागर बोगटीको सञ्चालन दिनेश पुनको व्यवस्थापन रहेको कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष बानियाँले जापानमा रहेका नेपाली साथीभाइहरु सहभागी हुने गरी खेलकुद गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिने उद्देश्यले क्लबको स्थापना गरिएको जानकारी गराउँदै सहभागी सबैलाई धन्यवाद दिएका थिए । 


×
Berita Terbaru Update