Notification

×

Iklan

Iklan

सबै स्थानीय तहमा सूचना अधिकारीको व्यवस्था गर्न सरकारको परिपत्र

Friday, July 2, 2021 | July 02, 2021 WIB Last Updated 2021-12-30T03:23:00Z

बेनी

असार १९ 

प्रतीकात्मक तस्वीर


सरकारले सबै गाउँपालिका, नगरपालिका, उपमहामनगरपालिका र महानगरपालिकाहरुलाई तत्काल सूचना अधिकारीको व्यवस्था गर्न परिपत्र गरेको छ । कतिपय स्थानीय तहले अहिलेसम्म पनि सूचना अधिकारीको व्यवस्था नगरेको देखिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो । परिपत्रमा तत्काल सूचना अधिकारी तोकी आफ्नो कार्यालयको आधिकारिक सूचना वेबसाइटमा राख्ने व्यवस्था गर्न भनिएको छ ।


मन्त्रालयले सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लािग सूचना अधिकारीको व्यवस्था गर्न परिपत्र गरेको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिएका छन ।


राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जफाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्वेदनशील सूचनाको सरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउनका लागि सूचनाको हक सम्बन्धी ऐन, २०६४ लाई कार्यान्वयनमा रहेको छ ।


मन्त्रालयको सिफारिससँगै अब म्याग्दीका गाउँपालिका र नगरपालिकाले पनि सुचना अधिकारी तोक्नुपर्ने छ ।

×
Berita Terbaru Update