Notification

×

Iklan

Iklan

चीनबाट आयो कोरोनाविरुद्धको आठ लाख खोप

Thursday, July 8, 2021 | July 08, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी 

असार २५


फाइल तस्वीर

कोरोना भाइरसविरुद्धको उपचारका लागि चीनबाट खरीद गरेको खोप ‘भेरोसेल’को आठ लाख डोज राजधानी काठमाडौं आइपुगेको छ । आज बिहान नेपाल वायुसेवा निगमको वाइडबडीले चीनको बेइजिङबाट आठ लाख डोज खोप ल्याएको स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिएका छन । “आज बिहान वाइडबडीले पहिलो चरणमा आठ लाख डोज खोप ल्याएको छ,” गौतमले भने ।


नेपाललले चीनको सिनोफार्म कम्पनीबाट खरिद गरेको ४० लाख डोजमध्ये पहिलो खेपमा निगमको जहाजले आठ लाख डोज ल्याएको हो ।


बाँकी खोपको दोस्रो खेप लिनका लागि ३१ असार तथा तेस्रो खेप लिन निगमको जहाज ७ साउनमा चीन जाने कार्यतालिका रहेको पनि गौतमले बताए । यसअघि चीनले अनुदानमा भेरोसेल खोप दिएको थियो । त्यो अहिले लगाइँदै छ ।


आज ल्याएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अर्को साताबाट खोप लगाउने तयारी रहेको खोप शाखा प्रमुख डा. गौतमले जानकारी दिए ।


कोरोना भाइरविस्द्धको खोप लगाउन नपाउँदा संक्रमणको उच्च जोखिम रहेको विज्ञहरुको भनाइ छ ।


×
Berita Terbaru Update