Notification

×

Iklan

Iklan

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रीद्वारा बेनी अस्पतालको अनुगमन

Tuesday, July 20, 2021 | July 20, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

साउन ५



गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले मङ्गलबार म्याग्दीको बेनी अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन् । मन्त्री भएपछि पहिलोपटक म्याग्दी आएकी मन्त्री गुरुङले बेनी अस्पताल, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन गरेकी हुन् ।


बेनी अस्पतालको विषयमा अस्पताल व्यवस्थापन समिति तथा स्वास्थ्यकर्मी र सरोकारवाला निकायसहितको टोलीसँग मन्त्री अधिकारीले अन्तत्र्रिmया र छलफल गरेकी हुन् । अस्पताल परिसरमा निर्माणाधीन संरचनालगायत स्वास्थ्य सेवाको बारेमा स्थलगत अनुगमन गर्दै मन्त्रीले चासो राखेकी राखिन् । अन्तत्र्रिmया तथा छलफल कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालको सेवा प्रवाह, भौतिक संरचना, जनशक्ति लगायतको विषयमा मन्त्रीलाई जानकारी गराएका थिए । 




बेनी अस्पतालको समग्र विषयमा जानकारी गराउँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले अस्पतालमा दरबन्दीअनुसार जनशक्तिको व्यवस्थापन हुनुपर्ने, निर्माणाधीन ५० शैया क्षमताको अस्पतालको भवन निर्माणमा भैरहेको ढिलाई तथा बेनी अस्पतालमै सिटीस्क्यान लगायतका सेवासुविधाको मागसहित मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए । सोही क्रममा मन्त्रीसहितको टोलीले स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालसहित स्वास्थ्यको टोलीसँग पनि भेटघाट गरी आवश्यक जानकारी लिएको थियो । कार्यक्रममा निमित्त प्रमुख लम्सालले स्वास्थ्य कार्यालयका गतिविधिबारे जानकारी गराए । 





बेनी अस्पतालको स्थलगत अवलोकन तथा अन्तत्र्रिmयापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अधिकारीले अस्पतालको सेवासुविधा थप गर्ने तथा जनशक्ति व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताइन् । अस्पताललाई आवश्यक पर्ने बजेट प्रदेश सरकारले उपलब्ध गराउने बताउँदै मन्त्री गुरुङले आईसीयु कक्ष सञ्चालन, सिटी स्क्यान सेवा सञ्चालन तथा जनशक्तिको व्यवस्थापन जस्ता विषयमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिने जानकारी दिएकी थिइन् । 


×
Berita Terbaru Update