बेनी
कात्तिक २७
कोरोना सङ्क्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।
![]() |
फाइल तस्विर |
सामाजिक सञ्जाल ट्विटरमा अर्थमन्त्री विष्णु पौडेलले लेखेका छन्, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।’
केही दिनयता अस्वस्थ रहेका केसीको स्वाब परीक्षण गर्दा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माका अनुसार केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।