बेनी
मङ्सिर २१
म्याग्दी सरदमुकाम बेनी बजारमा बस्दै आएका थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र शङ्कास्पद विरामी रहेका दुई जनाको स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित दुबै जना पुरुष रहेको र उनीहरु क्रमशः २७ र ४९ वर्षका रहेको जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीले जानकारी दिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार हालसम्म म्याग्दी जिल्लामा १५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी २ हजार २५८ जनाको नमुना सङ्कलन गरिएको छ ।
कार्यालयका अनुसार परीक्षण गरिएका मध्ये २ हजार ६१ जनामा नेगेटिभ रिजल्ट आएको छ भने दोस्रो र तेस्रोपटकसमेत गरी जम्मा १ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अहिले म्याग्दीमा सकृय सङ्क्रमितको संख्या २२ रहेको पनि स्वास्थ्य कार्यालयले जानकारी गराएको छ ।

