Notification

×

Iklan

Iklan

प्रचण्ड–नेपाल पक्षको विरोधपत्र प्रधानमन्त्रीलाई

Friday, January 8, 2021 | January 08, 2021 WIB Last Updated 2021-12-30T03:24:31Z

 बेनी

पुस २४



प्रचण्ड–नेपाल पक्षधर नेकपा म्याग्दीले प्रतिनिधि सभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको विरोध गर्दै प्रधानमन्त्रीकै नाउँमा विरोध पत्र पठाएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको नेतृत्वमा शुक्रबार जिल्ला प्रशासन कार्यालय म्याग्दी पुगेकोे सो समूहले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीमार्फत् प्रधानामन्त्रीलाई विरोध पत्र बुझाएको हो । 





देशव्यापी कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीलाई विरोध पत्र पठाइएको नेकपा म्याग्दीले बताएको छ । प्रधानमन्त्री ओलीले नेपालको संविधानको उल्लङ्घन हुने गरी असंबैधानिक किसिमले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको भन्दै त्यसको विरोधमा पत्र पठाइएको हो । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले विरोध पत्र प्रजिअलाई हस्तान्तरण गरेका थिए ।


नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नदिएको अवस्थामा समेत स्वेच्छाचारी ढङ्गबाट प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि त्यसविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत् विरोधपत्र पठाइएको बताए ।


×
Berita Terbaru Update