Notification

×

Iklan

Iklan

मुख्यमन्त्री कप महिला भलिबलः म्याग्दी र पर्वत फाइनलमा

Friday, February 19, 2021 | February 19, 2021 WIB Last Updated 2021-12-30T03:23:57Z

 बेनी

फागुन ७



कास्कीको पोखरामा जारी गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता अन्तर्गत म्याग्दी र पर्वत जिल्लाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ ।





पोखरा रङ्गशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा म्याग्दीले तनहुँलाई ३–० को सेटमा पराजित गर्दै फाइनलका लागि ठाउँ पक्का गरेको हो । यसक्रममा म्याग्दीले तनहुँमाथि २५–११, २५–१९ र २५–१३ को सेटमा पराजित गरेको खेल प्रशिक्षक तेनेन्द्र बानियाँले जानकारी दिएका छन् ।


शुक्रबारै सम्पन्न दोस्रो सेमिफाइनलमा पर्वतले कास्कीलाई हराएर म्याग्दीसँगको अन्तिम प्रतिस्पर्धा तय गरेको छ । 


प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । 



मुख्यमन्त्री कपको पुरुषतर्फको प्रतिस्पर्धामा भने तनुहँसँग हार्दै म्याग्दी सेमिफाइनलबाट बाहिरएको छ ।


प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले २–२ लाख रुपैयाँ नगद, ट्रफी र पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 


तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेन्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



×
Berita Terbaru Update