Notification

×

Iklan

Iklan

चीनले नेपाललाई १३ लाख खोप उपलब्ध गराउने

Monday, March 1, 2021 | March 01, 2021 WIB Last Updated 2021-12-30T03:23:45Z

 बेनी

फागुन १७




छिमेकी राष्ट्र चीनले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले यस्तो जानकारी गराएको हो । चिनियाँ कम्पनी ‘सिनोफार्म’ले उत्पादन गरेको कोरोना खोप दिने घोषणा चीनले गरेको हो ।


यसअघि ५ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको चीनले सोमबार ८ लाख डोज थप गर्ने घोषणा गरेपछि अब नेपालले १३ लाख डोज ‘सिनोफार्म’ खोप प्राप्त गर्नेछ ।


नेपाल सरकारले कोभिड–१९ विरुद्ध आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीको उत्पादन ‘कोभिशिल्ड’ र चिनियाँ उत्पादन ‘सिनोफार्म’ लाई यसअघि नै अनुमति दिइसकेको छ । 


गत माघ १४ गतेदेखि शुरु भएको कोभिड–१९ विरुद्धको खोप अभियानको दोस्रो चरण यही फागुन  २३ गतेदेखि शुरु हुँदैछ । सरकारको घोषणा अनुसार दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र सवारी साधनमा कार्यरत कर्मचारीलाई खोप लगाउन प्राथमिकता दिइनेछ ।



×
Berita Terbaru Update