Notification

×

Iklan

Iklan

शंकर पोखरेलले देखेका सरकारका ‘महत्वपूर्ण काम’

Saturday, March 6, 2021 | March 06, 2021 WIB Last Updated 2021-12-30T03:23:40Z

बेनी

फागुन २२




नेपालको कम्युनिष्ट आन्दोलनमा शङ्कर पोखरेल र घनश्याम भूषाल वैचारिक नेताका रुपमा चिनिन्छन् । तत्कालीन नेकपा एमालेमा पोखरेल र भूषालले पार्टीको आन्तरिक जीवनमा वैचारिक घर्षण सिर्जना गरेको देख्ने भोग्ने धेरै छन् । विभाजित नेकपाको ओली र  नेपाल खेमामा आबद्ध पोखरेल र भुषालले विवादकै बीचमा पनि एकताको आधार खोज्दै गरेको समाचार बेला आइरहन्छन् ।


विवादका बीचमा पनि संवादमा जुट्न सक्नुलाई यी दुई नेताको खुबीको रुपमा चर्चा गर्ने मान्छे पनि धेरै नै छन् । 


यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली पक्षीय नेता शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कामको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै नेता पोखरेलले ओलीले गरेका कामलाई ‘दूरगामी महत्व’को उल्लेख गरेका छन् ।


राम्रो काम गर्दागर्दै पनि ओली घेराबन्दीमा परेको विचार व्यक्त गर्दै नेता पोखरेलले लेखेका छन्, “पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदैछ । सबै पक्ष गम्भीर र जिम्मेवार बनौं।”


पोखरेलका नजरमा प्रधामन्त्रीका रुपमा केपी शर्मा ओलीले गरेका दूरगामी महत्वका कामहरु यस्ता छन्ः


– विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ संविधानको निर्माण,

– जातीय क्षेत्रीय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना,

– भारतीय नाकाबन्दीको सामना र सफलता,

– चीननसँगको ऐतिहासिक पारवाहन सम्झौताबाट भविष्यमा नाकाबन्दी नहुने परिस्थितिको निर्माण,

– नेकपा(एमाले) को नेता भएपछि पार्टीको लोकप्रियतामा वृद्धि,

– सफल चुनावी गठबन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व,

– भारत र चीनसँगको सम्बन्धलाई नयाँ आयाम दिने प्रयास,

– अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना,

– सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमति,

– पूर्वाधार विकासमा तीव्रता,

– रणनीतिक विकास आयोजनाहरु (रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदि) को थालनी,

– सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम,

– विप्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व,

– छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण,

– तराई मधेसको विकासमा तीव्रता,

– प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि,

– सडक मानवरहित अभियानको नेतृत्व,

– स्वास्थ पूर्वाधार विकासमा क्रान्ति,

– कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदि।

 

×
Berita Terbaru Update