Notification

×

Iklan

Iklan

चीनमा १ हजार ५८ जना अर्बपति

Wednesday, March 3, 2021 | March 03, 2021 WIB Last Updated 2021-12-30T03:23:42Z

बेनी

फागुन २०





विश्वका धनाढ्य व्यक्तिहरुको बारेमा अध्ययन गर्ने संस्था हुरुन ग्लोबल रिच लिस्टले अर्बपतिहरुको सूचि निकालेको छ । मङ्गलबार सार्वजनिक सूचि अनुसार सबैभन्दा धेरै १ हजार ५८ जनासहित चीन पहिलो स्थानमा रहेको छ । प्राप्त विवरण अनुसार चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ । विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तिब्र रुपमा फड्को मारेको छ । 


विश्वका अधिकांश मुलुकमा कोरोना भाइरस महामारीले अर्थतन्त्रमा गम्भीर असर पारे पनि चीनले कोरोना भाइरसलाई समयमै नाटकीय रुपमा नियन्त्रण गरेपछि सन् २०२० मा पनि राम्रो प्रगति गरेको छ ।



हुरुनका अनुसार सन् २०२० मा मात्रै २५९ जना चिनियाँहरु अर्ब डलरको सूचीमा प्रवेश गरेका छन् । योसँगै विश्वमा अर्बपतिको एक हजारको संख्या पार गर्ने चीन पहिलो मुलुक पनि भएको छ ।


तुलनात्मक रुपमा, दोस्रो राम्रो प्रगति गर्ने मुलुक अमेरिकामा ७० जना नयाँ अर्बपतिको उदय भएको छ । यो सहित अमेरिकामा कूल अर्बपतिको संख्या ६९६ पुगेको छ ।


चीनमा पानीको व्यापार गर्ने नोङ्फुका संस्थापक झोङ शानशानको सम्पत्ति ८५ अर्ब डलर पुगेको छ । विगतमा निर्माण कार्यमा संलग्न झोङले गत वर्ष हङकङमा प्राथमिक शेयर (आइपिओ) जारी गरेर ११ अर्ब डलर नगद संकलन गर्न सक्षम भएका थिए ।


एकै वर्ष तीन व्यक्तिले ५० अर्ब डलर भन्दा बढी सम्पत्ति जुटाएका छन् । सर्भेका अनुसार टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस र पिन्डुओडुका कोलिन हुआङको सम्पत्ति ५० अर्ब डलरले बढेको छ।


समग्रमा, चीनले विश्वमै सम्पत्ति सिर्जना गर्नेतर्फ अग्रस्थान बनाइरहेको छ । हुरुनका अनुसार विगत पाँच वर्षको अवधिमा चीनले ४९० जना नयाँ अर्बपति जन्माएको छ भने अमेरिकाले १६० जना थपेको छ ।




हुरुन प्रतिवेदनका अध्यक्ष रुपर्ट हूगवर्फले कोरोना भाइरसको महामारी भए पनि गत वर्ष एक दशकयता केही व्यक्तिले सबैभन्दा बढी आम्दानी गर्न सफल भएको बताए । यसको मुख्य कारण शेयर बजारमा नयाँ कम्पनीको सूचीकरण र शेयर बजारमा आएको उछाल मुख्य रुपमा जिम्मेवार छ । उनले भने–, सम्भवतः विगत १०० वर्षमा एसियाले बाँकी विश्वको भन्दा बढी अर्बपति सिर्जना गरेको छ ।


सबैभन्दा बढी अर्बपति पनि अहिले चिनियाँ शहरमा रहेको सर्भेले देखाएको छ । अर्बपति रहेबसेका विश्वका उत्कृष्ट १० शहरमध्ये छ वटा शहर चीनमै छन् । विगत छ वर्षदेखि लगातार बेइजिङ पहिलो स्थानमा छ ।




×
Berita Terbaru Update