बेनी
जेठ ४
![]() |
| फाइल तस्वीर |
रघुगंगा गाउँपालिका–२ भगवतीका पदम भण्डारीले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना महामारीविरुद्ध लड्न सहज होस् भन्ने उद्देश्यले सदरमुकामस्थित बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको भण्डारीले बताए ।
मंगलबार अस्पताल परिसरमा भण्डारीका छोरी चन्द्रप्रभा भण्डारीले विरामीको उपचारमा आवश्यक पर्ने सर्जिकल ग्लब्स २५०० जोडा, ३ ओटा अक्सिजन फ्लोमिटर र एउटा अक्सिमिटर अस्पताल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेकी हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोरोना महामारी विरुद्धको लडाइँमा भण्डारीले गरेको सहयोगबाट थप राहत पुग्ने बताए ।
कोरोना महामारीको संक्रमण फैलिँदै जाँदा जिल्लामा व्यक्तिगत र सामुहिक तवरबाट सहयोग जुट्ने क्रम जारी छ ।


