Notification

×

Iklan

Iklan

म्याग्दीमा कोरोनाका सकृय संक्रमित ४२७ जना

Tuesday, May 18, 2021 | May 18, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

जेठ ४


देशका विभिन्न जिल्लामा सकृय संक्रमितको संख्या । तस्वीरः स्वास्थ्य मन्त्रालय

हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित सकृय विरामीको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी पनि उच्च जोखिम जिल्लाअन्तर्गत समेटिएको छ । 


रिपोर्ट अनुसार म्याग्दीका छिमेकी जिल्लाहरु पर्वत, बाग्लुङ र मुस्ताङमा क्रमशः ३२१, १८१ र ८१ जना सकृय संक्रमित रहेका छन्  । 


स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै ५०० भन्दा बढी सकृय संक्रमित भएका जिल्लाहरुमा संक्रमित व्यक्तिसमेत खुलमखुला हिँडडुल गरिरहेको बताएका छन । “संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधाज्ञाको अझै पनि बुझीनबुझी, लुकिछिपी वा खुलमखुल्ला उल्लंघन भइरहेको देखिन्छ,” डा. अधिकारीले प्रेस विज्ञप्तिमा भनेका छन्  ।


मन्त्रालयका अनुसार कोभिड–१९ को संक्रमण देशभरि नै देखिएको भए पनि ३१ जिल्लामा सकृय संक्रमितको संख्या ५०० भन्दा बढी छ । यस्ता जिल्लालाई मन्त्रालयले उच्च जोखिममा राखेको छ । उच्च जोखिममा रहेका जिल्लामध्ये गण्डकी प्रदेशका कास्की, नवलपरासी (पूर्व), गोरखा, तनहुँ र स्याङ्जा रहेका छन् ।


निषेधाज्ञाको समयमा पनि लुकिछिपी हिँडडुल गर्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने भएकाले संक्रमण घट्न नसकेको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उल्लेख छ । त्यसैगरी निषेधाज्ञाको आदेश लागू भए पनि मानिसको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको पाइएको छ । 


मन्त्रालयले सकृय संक्रमितको संख्या ५०० भन्दा धेरै भएका जिल्लामा निषेधाज्ञाको अवज्ञा भएको बताए पनि म्याग्दी जिल्ला पनि उल्लंघन गर्ने जिल्लामध्ये अघिल्लो पंक्तिमै आउने गरेको छ ।


मन्त्रालयले ५०० भन्दा धेरै सकृय संक्रमित भएका जिल्लाहरुलाई उच्च जोखिममा राखेको भए पनि म्याग्दीसमेत त्यसबाट अछुतो नहुने अवस्था सिर्जना भएको छ । हिजो सार्वजनिक भएको विवरण अनुसार म्याग्दीमा ८२ जनामा संक्रमण पुष्टि भएको थियो ।


कोरोना संक्रमण फैलने उच्च जोखिम भएका जिल्लामा निषेधाज्ञालाई कडाइसँग लागु गर्न र आमनागरिकले पनि घरमै बसेर वा न्युनतम स्वास्थ्य मापदण्ड पालना गरेर कोरोना रोकथाममा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।



×
Berita Terbaru Update