Notification

×

Iklan

Iklan

समाजसेवी याम शाक्यको निधन

Saturday, June 12, 2021 | June 12, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

जेठ ३०




म्याग्दीका प्रतिष्ठित व्यापारी एवं समाजसेवी याम शाक्यको निधन भएको छ । कोरोना संक्रमण भएका शाक्यलाई न्युमोनिया देखिएपछि सोही कारण शनिबार धुलिखेल अस्पतालमा निधन भएको हो । 


म्याग्दीको पुरानो व्यापारिक घराना शाक्य परिवारको जेठा छोराका रुपमा याम शाक्य जिल्लामा उद्यमशीलताको विकासको नमुना बनेका थिए । शाक्य भाँडा पसल, भिभा पाउरोटी उद्योग, महारानी बरफ उद्योग, पिएल स्टोर्सलगायतका व्यवसायमार्फत्  शाक्यको व्यापारिक क्रियाशीलता रहिआएको थियो ।


स्वर्गीय शाक्यले व्यवसायका साथै जिल्लाको सामाजिक एवं सांस्कृतिक क्षेत्रको विकासमा पनि आफुलाई निरन्तर संलग्न गराउँदै आएका थिए । म्याग्दी बौद्ध संघ, म्याग्दी रेडक्रस, बेनी खानेपानी उपभोक्ता संस्था, महारानी क्षेत्र लगायतका संघसंस्थाको स्थापना, विकासमा शाक्यको निस्वार्थ योगदान रहेको उनीसँग सहकार्य गरेकाहरु सम्झन्छन्  ।


आमा लक्ष्मीकुमारी शाक्यको निधन भएको १३औं दिन नपुग्दै र आमाको निधन भएको खबर समेत नपाइकन याम शाक्यले पनि सोही बाटो समातेका छन्  ।


स्वर्गीय शाक्यको पार्थिक शरीरलाई आइतबार बिहान बेनीमा अन्त्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।


×
Berita Terbaru Update