Notification

×

Iklan

Iklan

बेनी झर्दै गरेको बोलेरो बादिकाको भीरमा दुर्घटना, एकको मृत्यु

Friday, July 30, 2021 | July 30, 2021 WIB Last Updated 2022-07-30T07:39:31Z

बेनी

साउन १५



पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धारापानी नजिकको बादिकाको भीरमा जीप पल्टिँदा ताकमका २७ वर्षीय यूवा विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जानकारी दिएको छ । 


म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार ग १ ज ६८०५ नम्बरको पिकअप बोलेरो दुर्घटनामा परी थप ८ जना घाइते भएका छन् । जीपका चालक आकाश रसाईलीसहित घाइते यात्रीलाई दरबाङस्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार गरिएको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।


ओारालो र साँघुरो बाटोमा जीपको ब्रेक फेल हुँदा सडकबाट ४ मिटर तल खसेको जीपमा सल्लाको रुखमा अड्किएकोले थप दुर्घटना हुनबाट टरेको घटनास्थलमा पुगेका दरबाङ प्रहरी चौकीका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिएका छन्। निरीक्षक पौडेलका अनुसारा मृतक सुनारको शब जीप पँिल्टएर हुत्तिँदा केही तल भीरमा पुगेको थियो ।


जीप दुर्घटना भएपछि दरबाङ र धारापानीका स्थानीय, प्रहरीले घाइतेहरुको उद्धार गरी उपचारका लागि दरबाङ ल्याएका थिए ।


×
Berita Terbaru Update